ज्यान मार्ने उद्योगसहित दुर्गा प्रसाईविरुद्ध चार कसुरमा मुद्दा चलाउने तयारी

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ चैत्र २९, शुक्रबार (१ हप्ता अघि)
  • ६० पटक पढिएको
ज्यान मार्ने उद्योगसहित दुर्गा प्रसाईविरुद्ध चार कसुरमा मुद्दा चलाउने तयारी

चैत्र २९, काठमाडौँ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईविरुद्ध ज्यान मार्ने उद्योगसहित चार कसुरमा मद्दा चलाउने तयारी अघि बढाइएको छ । प्रसाईले तीनकुने प्रदर्शनमा आफैंले चलाएको गाडीले प्रहरीलाई पेल्दै अघि बढेका थिए । अश्लिल शब्द बोल्दै सुरक्षामा खटिएका प्रहरीलाई पेल्दै हिँडेको भिडियो सार्वजनिक भएको थियो ।

उक्त भिड नियन्त्रणमा खटिएका केही प्रहरीले नै प्रसाईविरुद्ध जाहेरी दिने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ। प्रसाईलाई शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको छ । अहिले प्रहरीले म्याद थपका लागि आवश्यक कागजात तयार गरिरहेको छ । भारतबाट नियन्त्रणमा लिएर प्रहरीले उनलाई झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याएको छ । गत १५ गते तीनकुनेमा भएको प्रदर्शनयता फरार रहेका प्रसाईलाई बिहीबार राति प्रहरीले भारतबाट पक्राउ गरेको थियो।

ज्यान मार्ने उद्योग
प्रदर्शनकारीलाई हिंस्रक बन्न उचालेका प्रसाई आफैले पनि प्रहरीको भिडलाई किचौंलाझैं गाडी कुदाएका थिए । त्यहाँ प्रहरीमाथि नै गाडी कुदाउन खोजेर ज्यान मार्ने प्रयास गरेको भन्दै ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाउन लागिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस