चैत्र ३०, काठमाण्डौँ । चारदेशीय टि २० श्रृङ्खलाको समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले आयोजक हङकङको सामना गर्दैछ । हङकङको मिसन रोड ग्राउण्डमा नेपाली समयअनुसार सवा ११ बजे खेल सुरु हुनेछ । अहिलेसम्म अपराजित रहेको नेपाल प्रतियोगिताको फाइनलमा स्थान बनाउने लक्ष्यमा छ । नेपालले पहिलो खेलमा ८ विकेटले कतारलाई हराएको थियो । दोस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो ।
दुई खेलमा ४ अंकका साथ नेपाल तालिकाको शीर्ष स्थानमा छ । हङकङ र कुवेतले २,२ अंक हात पारेका छन् । जितविहीन कतारको शून्य अंक छ ।
तालिकाको शीर्ष टोली फाइनलमा पुग्नेछन् भने तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् । दुवै खेल आइतबार नै हुनेछ ।
यस्तो छ हेड टु हेड
हङकङसँग नेपालको विगत हेर्ने भने निकै प्रतिस्पर्धात्मक देखिन्छ । हालसम्म यी दुई टिमले ११ टि(२० आईमा एकअर्काको सामना गरेका छन्, जसमा नेपाल र हङकङले पाँचरपाँच खेल जितेको इतिहास छ । यी दुई टोलीबीचको एक खेल भने नतिजाविहीन बनेको छ । शनिबार नेपाल र हङकङ हेड टु हेड रेकर्डमा सुधार गर्ने लक्ष्यमा पनि हुने छन् । पछिल्लो पाँच भेटमा दुवै टिमले दुईरदुई खेल जितेका छन्, एक खेल भने वर्षाले प्रभावित भयो ।
अन्तिमपटक नेपाल र हङकङको भेट गत वर्षको २० अप्रिलमा भएको थियो । उक्त एसिसी प्रिमियर कपको तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँग नेपाल चार विकेटले स्तब्ध भयो । त्यो हारले नेपालको एसिया कप यात्रामा धक्का लाग्यो । यसपटक एसिसीले प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्ने टिमलाई पनि एसिया कप खेल्न दिने नियम बनाएको छ । नेपाल अब प्रिमियर कपमा बेहोरेको हारको बदला आज लिने योजनामा छ ।