पोखरा वडा २२ युवा परिषदद्वारा युवा कृषक सम्मानित

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ चैत्र ३०, शनिबार (१ हप्ता अघि)
  • २३५ पटक पढिएको
पोखरा वडा २२ युवा परिषदद्वारा युवा कृषक सम्मानित

चैत्र ३०,पोखरा । वडा युवा परिषद्, वडा नं. २२ द्वारा पोखरा महानगरपालिका नगर युवा परिषद् र वडा कार्यालय नं. २२ को समन्वयमा आयोजना गरिएको विशेष कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । नयाँ वर्ष २०८२ को अवसरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान, युवाहरूको सम्मान र प्रोत्साहन, सामुदायिक विकास, आपसी सम्बन्ध सुदृढीकरण तथा समसामयिक विषयमा अन्तरक्रिया र छलफल समेटिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वडा नं. २२ का अध्यक्ष हिमलाल बराल, विशेष अतिथि पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रका कार्यकारी प्रमुख नवराज अधिकारी,नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपाने , वडा सदस्य सन्जिब गुरुङ, वडा सचिव विष्णुप्रसाद ढकाल र वडा सूचना अधिकृत रामप्रसाद बरालहरूको गरिमामय उपस्थितिले कार्यक्रमलाई अझ प्रभावशाली बनाएको छ। साथै, स्थानीय युवा क्लब,क्लब , टोल विकास संस्था तथा आमा समूहहरूको सक्रिय सहभागितारहेको थियो ।

कार्यक्रममा सम्मानित हुनेहरु उमाकान्त बराल (मोहन स्वारा कृषि फर्म), रणबहादुर खड्का (ठुलढुङ्गा आधुनिक कृषि फर्म), राजेश पौडेल (माझकटेर पशुपक्षी तथा कृषि फर्म),किरण पौडेल (कुशल मुना पशुपालन तथा कृषि फर्म), मिलन गुरुङ (मौरी पालन), त्यस्तै, वडा नं. २२ का सक्रिय साथ लाग्नु भएका लागेका क्लबहरू प्रगतिशील क्लब ढाबा,पोखरा भ्यू प्वाइन्ट र पुम्दीकोट युवा क्लबलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमा प्रमुख अतिथिले वडा नं. २२ का अध्यक्ष हिमलाल बराल कृषि र पशुपालनमा आम युवा लाग्नपर्ने बताउदै आफु आशावादी रहेको बताए । कार्यक्रममा सहभागी कृषक तथा युवाहरूमा सकारात्मक ऊर्जा र उत्साह फैलिएको छ, जसले समुदायको समग्र विकासमा थप योगदान पुर्‍याउने उनको विश्वास रहेको थियो।

कार्यक्रममा युवा परिषद उपाध्यक्ष सन्तोष न्यौपानेले छनोट प्रक्रियामा केही युवा कृषकहरू तथा कृषिक छुट्न पुगेपनि परिषद् सचेत रहेको बताए । उनले आगामी दिनहरूमा यस्ता प्रतिभाशाली परिश्रमी युवाहरूलाई पनि समेटी, उनीहरूलाई अझ प्रोत्साहित गर्ने, उत्पादनशील र उद्यमशील बनाउने दिशामा निरन्तर प्रयत्न गरिने अपेक्षा गरिएको न्यौपानेले बताए । कार्यक्रमको सन्चालन वडा युवा परिषद् सहसचिव निश्चल देवकोटाले गरेका थिए भने अध्यक्षता दिनेश बरालले गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस