युरोपेली स‌ंघबाट बाहिरिने बेलायती प्रधानमन्त्रीको प्रस्ताव संसदबाट तेस्रो पटक अस्वीकृत

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ चैत्र १६, शनिबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

चैत १६, काठमाडौँ । बेलायती संसदले युरोपेली युनियन ईयूबाट बेलायत बाहिरिने प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।

बेलायती प्रधानमन्त्री टेरिजा मेको प्रस्ताव बेलायती संसदले तेस्रो पटक पनि अस्वीकृत गरेको हो । संसदमा भएको मतदानमा बेलायत ईयूबाट बाहिरिने प्रस्तावका पक्षमा २ सय ८६ मत आउँदा विपक्षमा ३ सय ४४ मत परेको थियो ।

प्रधानमन्त्री मेको प्रस्ताव ५८ मतले अस्वीकृत भएपछि ब्रेक्जिटसम्बन्धी अन्योल थप बढेको छ ।

यसअघि युरोपेली संघले सम्झौता पास भएको अवस्थामा मे २२ सम्म र पास नभए अप्रिल १२ सम्म मात्रै ब्रेक्जिटको मिति लम्ब्याउन सहमति दिएको थियो । तेस्रोपटक पनि प्रधानमन्त्रीकोे प्रस्ताव अस्वीकृत भएपछि पदबाट राजीनामा दिन दबाब बढेको बीबीसीले जनाएको छ ।

लेबर पार्टीका नेता जेरेमी काेर्बिनले प्रधानमन्त्री मेले तत्काल राजीनामा दिनुपर्ने र ताजा चुनाव हुनुपर्ने माग गर्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस