विभिन्न क्षेत्रका ६ जना महिलाको समूह अन्तरिक्ष यात्रापछि सुरक्षित फर्कियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख २, मंगलबार (४ दिन अघि)
  • ५९ पटक पढिएको
विभिन्न क्षेत्रका ६ जना महिलाको समूह अन्तरिक्ष यात्रापछि सुरक्षित फर्कियो

बैशाख २,काठमाडौँ । पप गायिका केटी पेरीसहित सबै ६ जना महिला लगभग ११ मिनेट लामो अन्तरिक्ष यात्रापछि सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन् । पप गायिका केटी पेरीसहितको टोली गीत गाउँदै अन्तरिक्षमा पुगेको बीबीसीले उल्लेख गरेको छ ।

विभिन्न क्षेत्रका ६ जना महिलाको समूह बोकेको यानले प्रतिघण्टा २ हजार ३ सय माइलको अधिकतम गतिमा यात्रा गरेको छ ।

यो ध्वनिको गतिभन्दा तीन गुणा बढी हो । यस टोलीमा पप गायिकासहित समूहको नेतृत्व गर्ने लरेन सान्चेज, पत्रकार गेल किङ, नागरिक अधिकार वकिल अमान्डा इन्गुएन, पूर्व नासा रकेट वैज्ञानिक आइशा बोवे र फिल्म निर्माता करिन फ्लिन थिए ।

६ जना महिलाको टोलीलाई जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनले ’न्यू शेपर्ड रकेट’ मार्फत अन्तरिक्षमा पठाएको हो ।

सन् १९६३ पछि पहिलो पटक सबै महिलामात्र सहभागी टोलीले अन्तरिक्ष यात्रा गरेको हो । यसअघि सन् १९६३ मा रुसी अन्तरिक्ष यात्री भ्यालेन्टिना तेरेशकोभाले अन्तरिक्ष यात्रा गर्नुभएको थियो ।

महिलाको टोलीले पृथ्वी र अन्तरिक्ष बीचको काल्पनिक सीमा अर्थात कर्मन रेखा पार गरेका छन् जुन पृथ्वीको वायुमण्डलबाट धेरै टाढा छ ।

महिलाहरुले न्यू शेपर्ड–३१ नामक यस मिसनमा ब्लू ओरिजिनको पूर्ण रूपमा स्वचालित न्यू शेपर्ड रकेटमा यात्रा गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस