दाउन्ने सडक खण्ड वैशाख १५ गतेसम्म रातको समयमा बन्द

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख २, मंगलबार (४ दिन अघि)
  • ६८ पटक पढिएको
दाउन्ने सडक खण्ड वैशाख १५ गतेसम्म रातको समयमा बन्द

बैशाख २,काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि हिजोदेखि रातको समयमा बन्द हुन थालेको छ । सडक विस्तार छिटो सम्पन्न गर्न रातको समयमा सडक बन्द गर्न लागिएको हो ।

नारायणघाट–बुटवल सडक आयोजनाका अनुसार दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ ।

आउँदो वैशाख १५ गतेसम्म दैनिक रातको ६ घण्टा गाडी रोकेर दाउन्नेखण्डको सडक मर्मत तथा विस्तार हुने आयोजनाले जनाएको छ ।

यसअघि चैत २७ देखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइ सडक विस्तार गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस