पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख २, मंगलबार (४ दिन अघि)
  • ८५ पटक पढिएको
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

बैशाख २,काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ । बुधबारदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो ।

जसअनुसार पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ कायम हुने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस