चैत्र १७,काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले राज्यको लापरबाही र गैरजिम्मेवारीका कारण प्रदेस नं.२ को एसइई परिक्षा बिचैमा स्थगित हुन पूगेको बताएका छन ।
उनले सो घटनाले हजारौं बिध्यार्थीहरुको भविष्य अन्धकारतर्फ धकेलिएको बताएका हुन ।’परिक्षाको आफ्नै मर्यादा र गोपनियता हुन्छ ।
यस सवालमा संघिय सरकार चुकेको देखिन्छ।यो गम्भिर घट्नाको नैतिक जिम्मेवारी लिंदै शिक्षामन्त्रीले तत्कालै राजिनामा दिनुपर्छ र आगामी दिनमा यस्ता घट्ना नदोहोरिने प्रतिबद्धता राज्यले जनाउँनु पर्दछ।’ उनले भनेका छन ।