बैशाख ४,काठमाडौँ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ एकैदिन तोलामा तीन हजार ६ सय रुपैयाँले बढेर र्कीतिमान बनाएको हो ।
आज सुनको भाउ तोलामा एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८७ हजार रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ५५ रुपैयाँ रहेको थियो ।