राजसंस्था पुनःस्थापनाको माग

आगामी वैशाख ७ गते राप्रपाले निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ४, बिहिबार (२ दिन अघि)
  • ७८ पटक पढिएको
आगामी वैशाख ७ गते राप्रपाले निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने

बैशाख ४,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ। आज बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको जनाइएको छ ।

संवैधानिक राजसंस्था पुनःस्थापनाको मागसहित आफ्ना नेताहरूको रिहाइको माग राखेर राप्रपा निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको हो ।

आज बसेको कार्यसम्पादन समिति बैठकले सो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । उनका अनुसार वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गरिने पनि उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस