केपी ओली कपको उपाधि गण्डकीलाई

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख ५, शुक्रबार (१ दिन अघि)
  • ४८ पटक पढिएको
केपी ओली कपको उपाधि गण्डकीलाई

बैशाख ५, कास्की । दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय खुल्ला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ । पोखरा क्रिकेट मैदानमा शुक्रबार भएको फाइनलमा सीईसी काठमाडौंलाई ५ विकेटले हराउँदै गण्डकी हिरोजले उपाधि चुमेको हो ।

१ सय ८३ रनको लक्ष्य पाएको गण्डकीले १७.३ ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो । किरण ठगुनाले ६ बलमा ३ चौका र ४ छक्काको मद्दतले ५२ रन बनाए । २१ बल खेलेका सुजन थपलिया ३५ रनमा आउट भए । दीपक डुम्रे २६, ओपनर साकिव हुक २४ रनमा आउट भए ।

गण्डकीका बसन्त कार्की २७ र नारायण जोशी १३ रनमा नटआउट रहे । काठमाडौंका लागि दीपेन्द्र रावतले ३, मनोज यादव र सूर्य तामाङले १–१ विकेट लिए ।

टस जितेर ब्याटिङ थालेको काठमाडौं १९.४ ओभरमा १ सय ८२ रन बनाएर अलआउट भयो । अर्जुन घर्तीले सर्वाधिक ६८ रन बनाए । उनले ३४ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । पृथु बास्कोटाले २९ बलमा ७ चौका र २ छक्काको मद्दतमा उनले ५० रन बनाए । शिवम तिवारीले २३ रन जोडे । अन्य ब्याट्सम्यान खास चलेनन् ।

गण्डकीका लागि अमृत गुरुङ र कृष्ण पौडेलले समान ३–३, विपिन खत्री र मिलन बोहराले २–२ विकेट लिए ।

गण्डकीले उपाधिसँगै १० लाख, उपविजेता काठमाडौंले ५ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए । गण्डकी हिरोजका किरण ठगुना प्लेयर अफ द म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ र ट्रफी पाए ।

ताजा अपडेट

खोजी गर्नुहोस