प्रि–मनसुन अवधिः ४१ जनाको मृत्यु, २५७ जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ५, शुक्रबार (१ दिन अघि)
  • ५१ पटक पढिएको
प्रि–मनसुन अवधिः ४१ जनाको मृत्यु, २५७ जना घाइते

बैशाख ५, काठमाडौं । यो वर्षको प्रि–मनसुनको हालसम्मको अवधिमा विपदजन्य घटनामा ४१ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यसबाट करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ । देशमा अहिले प्रि–मनसुनको अवधि छ । साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्म (मार्चदेखि मेसम्म)को समयलाई प्रि–मनसुन भनिन्छ ।

प्राधिकरणका अनुसार प्रि–मनसुनमा स्थानीय वायुको प्रभावले समान्यतया दिउँसो, साँझपख र राति मौसम खराब भई देशका केही स्थानमा असिना पर्ने, हुरीबतास चल्ने, मेघगर्जन र चट्याङ पर्नेजस्ता मौसमी गतिविधि हुने गर्छ ।

प्राधिकरणले आज सूचना जारी गर्दै हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित हलुकादेखि मध्यम खण्डित वर्षा भइरहेको जनाएको छ । यो अवस्था अझै केही दिन रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका निकायबाट जारी हुने विपद्सम्बन्धी सूचना, पूर्वानुमान एवं चेतावनीको पालना गर्न, विपदबारे चासो राखी चनाखो बनी विपदबाट सुरक्षित नेपाल निर्माणमा साथ सहयोग पुर्‍याउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।

संवैधानिक प्रावधान तथा सङ्घीय संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहबाट विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन हुँदै आएको छ । यसका लागि स्थापित कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र स्थानीयदेखि केन्द्रसम्म क्रियाशील संस्थागत संरचना तथा संयन्त्रको प्रभावकारी परिचालन जरुरी रहेको प्राधिकरणले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस