संखुवासभामा पाठेघर खस्ने समस्या भएका १४ जनाको निःशुल्क शल्यक्रिया

संखुवासभामा पाठेघर खस्ने समस्या भएका १४ जनाको निःशुल्क शल्यक्रिया

बैशाख ५, संखुवासभा । जिल्ला अस्पताल संखुवासभामा पाठेघर (आङ)खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रिया गरिएको छ ।

संखुवासभामा १४ जना पाठेघर खस्ने समस्याका महिलालाई जिल्ला अस्पताल संखुवासभामा निःशुल्क शल्यक्रियाको व्यवस्था गरेसँगै लामो समयदेखि रोग लुकाउनुपर्ने बाध्यतामा रहेका महिलालाई राहत मिलेको छ ।

जिल्ला अस्पतालले गरेको निःशुल्क शल्यक्रिया शिविरमा १४ जना पाठेघर (आङ)खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रिया गरिएको जिल्ला अस्पताल संखुवासभामा प्रमुख सन्तोष देवले जानकारी दिए । अस्पतालका प्रमुख देवका अनुसार पाठेघर खस्ने समस्या रहेका तर आर्थिक समस्याका कारण उपचार गर्न नसकेका महिला लाभान्वित भएका छन् ।

गत वर्ष पाठेघर खस्ने समस्या भएका ६ जना महिलाको शल्यक्रिया गरिएको थियो । जिल्ला अस्पतालले उपचारपछि एक हजार पाँच सय रुपैयाँ खर्च समेत उपलब्ध गराएको छ । अस्पतालले विरामी जान–आउन तथा खान–बस्नको व्यवस्था मिलाइदिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस