कोशी र बागमती प्रदेशमा वर्षा, अन्यमा आंशिक बदली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ६, शनिबार (१६ घण्टा अघि)
  • ५५ पटक पढिएको
कोशी र बागमती प्रदेशमा वर्षा, अन्यमा आंशिक बदली

काठमाडौं । देशका विभिन्न भागमा आज विहानैदेखि बर्षा भइरहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ । स्थानीय तथा पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ ।

मौसम पूर्वानुभान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी प्रदेश लगायत देशको पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हिमपातको सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस