काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पाँचौं जित निकालेको छ । हिजो भएको खेलमा बेंगलुरुलाई ५ विकेटले हराउँदै पञ्जाबले जित निकालेको हो । वर्षाले प्रभावित भएको खेल १४ ओभरमा घटाइएको थियो ।
बेंगलुरुले दिएको ९६ रनको लक्ष्य पञ्जाबले १२.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा ग¥यो । नेहाल वधेरा ३३ रनमा अविजित रहे । प्रियान्श आर्याले १६ तथा जोश इङ्लिसले १४ रन बनाए । बेंगलुरुका जोश हेजलवूडले ३ विकेट लिएपनि जितका लागि पर्याप्त बन्न सकेन । भुवनेश्वर कुमारले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले १४ ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो ।
यो जितसँगै पञ्जाव अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले सात खेलमा १० अंक पाएको छ । समान ७ खेलमा ८ अंक पाएको बेंगलुरु चौथो स्थानमा झरेको छ ।
आईपीएलमा आज दिउँसो पौने चार बजे गुजरात टाइटन्स तथा दिल्ली क्यापिटल्स् र राति पौने आठ बजे राजस्थान रोयल्स तथा लखनउ सुपर जायन्ट्सबीच खेल हुनेछ ।