प्रधानमन्त्रीसँगको वार्ता निश्कर्षबिहीन, शिक्षकहरुले आन्दोलन जारी राख्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ६, शनिबार (१६ घण्टा अघि)
  • ७० पटक पढिएको
प्रधानमन्त्रीसँगको वार्ता निश्कर्षबिहीन, शिक्षकहरुले आन्दोलन जारी राख्ने

काठमाडौं । प्रधानमन्त्रीसँग मध्यरातसम्म भएको वार्ता निश्कर्षबिहीन भएपछि शिक्षकहरुले आन्दोलन जारी राख्ने भएका छन् । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार राति ९ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओली र त्यसपछि सभामुख देवराज घिमिरेसँग छलफल भएको थियो ।

माग सम्बोधन गर्नेबारे प्रधानमन्त्री ओली सकारात्मक देखिएका थिए । तर, शिक्षकहरुले सानातिना लेनदेन गरी आन्दोलन नरोकिने भन्दै शिक्षा ऐन जारी गर्नुु नै आफूहरुको बटमलाईन हुने भनेपछि शिक्षकहरु राति साढे एक बजे रित्तोहात फर्किएका थिए ।

सरकारले बैशाख १२ गतेदेखि सुरु हुने संसदको बर्खे अधिवेशनमार्फत ऐन जारी गर्ने योजना बनाएको छ । तर, ऐन हातमा नपरेसम्म कार्यस्थल नफर्कने शिक्षकहरुको अडान छ ।

हिजोको वार्ता असफल भएपछि महासंघले आज पनि प्रदर्शन जारी राख्ने भएको छ । समग्र परिस्थितिको मूल्याङ्कन गर्दा आन्दोलन तत्काल रोक्न नसकिने भन्दै सुवेदीले आज पनि दिउँसो १२ बजे माइतीघरमा भेला हुन शिक्षकहरुलाई आग्रह गरेका छन् ।

शिक्षकहरुले आन्दोलन नछाडेपछि कक्षा १२ को परीक्षामा असर पर्नसक्ने सम्भावना बढेको छ । तर, राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा सार्नेबारे तत्काल कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस