नेपाल र अफगानिस्तानबीचको निर्णायक खेलमा वर्षा बाधक

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख ६, शनिबार (१४ घण्टा अघि)
  • ४३ पटक पढिएको
नेपाल र अफगानिस्तानबीचको निर्णायक खेलमा वर्षा बाधक

काठमाडौँ । मुलपानी मैदानमा विहानैदेखि पानी पर्दा आज नेपाल र अफगानिस्तानबीचको खेल वर्षाले प्रभावित भएको छ ।

खेल तल्लो मुलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुने कार्यतालिका रहेपनि बर्षाले मैदान भिजाएपछि खेल ढिला सुरु हुने भएको हो ।

यस खेलमा विजय हुने टोली अर्को वर्ष जिमबाबे र नामिबियामा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपमा छनोट हुनेछन् । जारी छनोट प्रतियोगितामा ओमान, हङकङ चाइना र यूएई बाहिरिसकेका छन् ।

जारी छनोट प्रतियोगितामा‌ नेपाल र अफगानिस्तान दुवैले ओमान, हङकङ र यूएईलाई हराउँदै तीन जित‌सहित समान छ अकं जोडेका थिए । अफगानिस्तानले तीनवटै खेलमा फराकिलो जित निकालेका कारण नेट रनरेटमा‌ नेपालभन्दा अघि छ ।

दुवै बलिया टोली समान अकंका साथ भिड्ने खेलमा नेपाल विश्वकपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस