काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीले आन्दोलनरत शिक्षकको रमिता बढी भएको भन्दै टिप्पणी गरेकी छिन् । शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले ‘सडकबाट ऐन पास हुने हो ?’ भनी शिक्षकहरूलाई प्रश्न गरेकी छिन् ।
उनले विधेयक पास गर्ने पनि निश्चित विधि र प्रक्रिया भएको स्मरण गराउँदै कसैसँग पनि वार्ता नगर्ने र सडकबाटै ऐन माग्ने शिक्षकहरूको प्रवृत्ति सही नभएको जिकिर गरेकी छिन् ।
उनले साजिक संजालमा लेखेकी छिन्, ‘विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुँदैन? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रधानमन्त्री र नेताहरुले सडकबाटै ऐन पास गरिदिनुहुने रहेछ ? ’
झाक्रीले निजी स्कूलले धमाधम भर्ना गरेर कक्षा चलाउन लागिसकेको भन्दै सरकारी विद्यालयहरुको रिजल्ट शून्य रहेको आरोपसमेत लगाएकी छिन् । ‘राज्यको तलब खाएका शिक्षक कर्मचारीले ?’ झाक्रीले भर्नाको वेला विद्यालय बन्द गरेर लाखौ विद्यार्थीको भविष्य अन्योल बनाउन मिल्छरु’ उनको प्रश्न छ ।