‘मुलुकमा सुशासन कायम नहुनु राजनीतिक अस्थिरता’

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ बैशाख ६, शनिबार (७ घण्टा अघि)
  • ३८ पटक पढिएको
‘मुलुकमा सुशासन कायम नहुनु राजनीतिक अस्थिरता’

काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम हुन नसकेको बताएका छन् । असल शासन संरक्षण मञ्चले आज काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय सुशासन शिखर सम्मेलन–२०२५’मा उनले यस्तो बताएका हुन् ।

सभामुख घिमिरेले राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन प्रत्याभूत गर्ने प्रतिबद्धता आवश्यक भएको बताए । उनले राजनीतिक नेतृत्वमा इमान्दारी र सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक भएकामा जोड दिए ।

कार्यक्रममा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुशासन कायमगरी राज्यप्रति जनताको विश्वास जित्न नेतृत्व वर्ग आत्मकेन्द्रित नभई मुलुक केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले जनअसन्तुष्टि चिर्न नेतृत्वतह गम्भीर हुनुपर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस