मेस्सीको २ गोलले स्पान्योल पराजित, बार्सिलोनाको शीर्ष स्थानमा १३ अंकको अग्रता

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ चैत्र १७, आईतबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र १७,काठमाडौँ । लियोनल मेस्सीले दोस्रो हाफमा निर्णायक २ गोल गरेपछि स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले स्पान्योललाई पराजित गरेको छ ।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको २९ खेलबाट ६९ अंक भएको छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिडको ५६ अंक छ ।

स्पान्योलको भने २९ खेलबाट ३४ अंकसहित अंकतालिकाको १४ औं स्थानमा छ ।

पहिलो खेल गोलरहित बराबरीमा रोके पनि स्पान्योलले नाउ क्याम्पमा बार्सिलोनाको अग्रपंक्तिलाई रोक्न सकेन । मेस्सीले खेलको ७१ औं र ८८ औं मिनेटमा गोल गरेका हुन् ।

यो सँगै मेस्सी ले जारी सिजन आफ्नो गोलसंख्या ४० पुर्‍याएका छन् । त्यसमध्ये ३१ गोल ला लिगामा गरेका छन् । मेस्सी ला लिगा इतिहासकै सर्वाधिक गोलकर्तासमेत हुन् ।

३१ वर्षीय अर्जेन्टिनी सुपरस्टार मेस्सीले सन् २००९ यता दशौंपल्ट प्रति सिजन कम्तीमा ४० गोल गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस