बेलडाँडीका समस्याः अख्तियारको मुद्दा खेप्दा कर्मचारी हैरान, बालबालिका दुव्यर्सनीमा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख ७, आईतबार (५ घण्टा अघि)
  • ५४ पटक पढिएको
बेलडाँडीका समस्याः अख्तियारको मुद्दा खेप्दा कर्मचारी हैरान, बालबालिका दुव्यर्सनीमा

काठमाडौँ । कन्चनपुरको सबैभन्दा सानो र आर्थिक हिसाबले पछाडि परेको कन्चनपुरको बेलडाँडी गाउँपालिका समस्या नै समस्याले घेरिएको छ । विकासे बजेटको आधा प्रतिशत पनि काम सम्पन्न नगरेको पाािलकाले अख्तियारको मुद्दा खेप्दा खेप्दा कर्मचारीले काम गर्ने वातावरण नरहेको पालिका उपाध्यक्ष शान्ती नाथले बताइन् ।

पालिकामा काम कम तर विवाद बढी रहेको उनले बताइन् । उनले दोहोरो सुविधा लिएको, खाजा खानाको बढी बिल देखाएको लगायत पालिकाको कामलाई लिएर छ सात वटा मुद्दा अख्तियारमा परेको बताइन् ।

त्यस्तै पालिकाको दक्षिण र पश्चिम भागमा रहेको खुला सिमा नाका हुँदै लागुऔषध भित्रिने गरेको भन्दै त्यहाँका बालबालिका लागु औषध दुव्यर्सनको सिकार बनेको बताइन् । आर्थिक प्रलोभनमा पनि उनीहरु औषध ओसार पोसारमा संग्लन हुने गरेका छन् ।

लागुऔषध नियन्त्रणका लागि आफुले गत वर्ष पनि जनचेतनामुलक अभियान संचालन गरेपनि यस वर्षभने बजेट अभावले गर्दा कुनै पनि कार्यक्रम नगरेको उपाध्यक्ष नाथले बताइन् । युवा तथा बालबालिकाहरुलाई रोजगारसँग जोडन्, सीपमुलक तालिम दिन पनि पालिकाको थौरै बजेटले पुर्याउनै नसकेको उनको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस