विन नेपाल लघुवित्तको एफपिओ बाँडफाँट सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख ७, आईतबार (५ घण्टा अघि)
  • ६० पटक पढिएको
विन नेपाल लघुवित्तको एफपिओ बाँडफाँट सम्पन्न

काठमाडौं । विन नेपाल लघुवित्तले एफपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा आइतबार एफपिओ बाँडफाँट सम्पन्न भएको हो ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रिया मार्फत एफपीओ बाँडफाँट गरिएको हो । जस अनुसार कुल ५ हजार १२९ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन् ।

यसरी बाँडफाँट गर्दा शेष रहेको २.५० कित्ता शेयर सोही २ हजार १२९ आवेदकमध्ये तीन जनालाई बाँडफाँट गरिएको छ । यस अनुसार २ जना आवेदकले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने एक जनाले १०.५० कित्ता प्राप्त गरेका छन् ।

लघुवित्तले गत चैत २१ गतेदेखि २६ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५१ लाख २९ हजार २५० रुपयाँबराबरको ५१ हजार २९२.५० कित्ता एफपीओ निष्काशन गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस