सिंहदरबारगेटबाट राप्रपाका अध्यक्ष लिङ्देनसहित ३ नेता नियन्त्रणमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ बैशाख ७, आईतबार (१२ घण्टा अघि)
  • ५३ पटक पढिएको
सिंहदरबारगेटबाट राप्रपाका अध्यक्ष लिङ्देनसहित ३ नेता नियन्त्रणमा

काठमाडौं । सिंहदरबारभित्रै प्रदर्शन गर्न थालेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका ३ नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले अध्यक्ष लिङ्देन, संसदीय दलका उपनेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो ।

प्रदर्शन सभास्थल जानु अघि राप्रपा संसदीय दलको कार्यालय पुगेका लिङ्देन, उपाध्यक्ष एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही, सांसद दीकपबहादुर सिंह र विना लामा सिंहदरबार पुगेर उनीहरुले प्रदर्शन थालेका थिए ।

उनीहरु पर्चासहित प्रदर्शन थालेपछि प्रहरीले निषेधित क्षेत्र रहेको जानकारी गराउदा समेत नसुनेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

एसपी अपिल राज बोहराका अनुसार उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस