माइक्रोबस र स्कुटर ठोक्किँदा दुईको मृत्यु, १४ जना घाइते

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख ७, आईतबार (७ घण्टा अघि)
  • ४९ पटक पढिएको
माइक्रोबस र स्कुटर ठोक्किँदा दुईको मृत्यु, १४ जना घाइते

दमौली । डुम्रे–बेँसीसहर खण्डअन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आज माइक्रोबस र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।

डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नम्बरको स्कुटर आपसमा ठोक्किँदा माइक्रोमा सवार एक र स्कुटरमा सवार एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

मृतकको सनाखत हुन बाँकी छ । माइक्रोबसमा सवार पुरुषको लमजुङमा र स्कुटरमा सवार महिलाको दमौली अस्पतालमा मृत्यु भएको थापाले बताए ।

उनका अनुसार गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । माइक्रोबस चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई नियन्त्रणमा लिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस