विद्यार्थीको पठनपाठन नरोक्न अभिभावक संघको माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ७, आईतबार (८ घण्टा अघि)
  • ५५ पटक पढिएको
विद्यार्थीको पठनपाठन नरोक्न अभिभावक संघको माग

काठमाडौँ । अभिभावक संघ नेपाल, केन्द्रीय समितिले बालबालिकाको पठनपाठन र कक्षा(१२ को परीक्षा सञ्चालनको वातावरण मिलाउन राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ । आइतबार संघले आयोगका अध्यक्षलाई भेटेर ज्ञापनपत्र बुझाउँदै तत्काल यसको समाधानको लागि पहल गरिदिन माग गरेको हो ।

ज्ञापनपत्रमा विद्यालय शिक्षाको शैक्षिक सत्र शुरु भइसकेको अवस्थामा विगत १९ दिन देखि शिक्षकबाट विभिन्न माग राखेर गरिएको आन्दोलनका कारण सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीको पठनपाठन, परीक्षा, नतिजा प्रकाशन, विद्यालय भर्ना जस्तो कुरा प्रभावित हुँदा विद्यार्थीहरूको पढ्न पाउने अधिकार हनन भएको उल्लेख छ ।

संघले विद्यार्थीहरूको पढ्न पाउने हक बालअधिकारको रक्षा गर्दै तत्काल आम शिक्षकहरूका समस्याको हल गरेर सामुदायिक विद्यालय सञ्चालन र १२ कक्षाको राष्ट्रिय परीक्षा शान्तिपूर्ण सञ्चालनको वातावरण मिलाउन माग गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस