हाजिरी जमानीमा छुटे धवलशमशेर, भारत जाने तरखर

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ बैशाख ८, सोमबार (१५ घण्टा अघि)
  • ५६ पटक पढिएको
हाजिरी जमानीमा छुटे धवलशमशेर, भारत जाने तरखर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा हाजिरी जमानीमा छुटेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले आइतबार बेलुका उनलाई २४ दिनपछि हाजिरी जमानीमा छाडेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार स्वास्थ्यका कारण उनलाई हाजिरी जमानीमा छाडिएको हो । ‘पहिला क्यान्सरको अप्रेसन भएको ठाउँमा उहाँको मासु पलाएको रहेछ,’ उनले भने,‘त्यसको उपचार आवश्यक भएकाले हाजिरी जमानीमा छाडेका हौं ।’

उनको परिवारले जमानीमा छाडिदिनका लागि निवेदन दिएको थियो । मुद्दा दायर हुने समयमा उपस्थित गराउने सर्तमा श्रीमतीको जिम्मा लगिएको छाडिएको प्रहरी स्रोत बताउँछ ।

छुटेसँगै उनी क्यान्सरको उपचार गर्न भारत जाने तरखरमा रहेको प्रहरीको भनाइ छ । उनको वैशाख १५ मा फलोअपको अपोइन्टमेन्ट रहेको बताइएको छ ।

गत १५ चैतमा राजतन्त्रको पक्षमा तीनकुनेमा भएको आन्दोलनलाई हिंसात्मक बनाउन उकासेको आरोपमा उनीसहित राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र पनि पक्राउ परेका थिए । उनी भने प्रहरी हिरासतमै छन् । उनीहरुविरुद्ध संगठित अपराध र राज्यविरुद्धको कसुर मुद्दामा अनुसन्धान भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस