सुनको भाउ अहिलेसम्मकै उच्च

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख ८, सोमबार (८ घण्टा अघि)
  • ७५ पटक पढिएको
सुनको भाउ अहिलेसम्मकै उच्च

बैशाख ८,काठमाडौँ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ आज एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो । यसअघि वैशाख ४ गते सुनको भाउ तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउमा भने आज पनि घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोजस्तै तोलाको एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस