काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा विधेयक ल्याउने जिम्मेवारी सरकार र सदनको भएकाले शिक्षकको अनावश्यक दबाब नचाहिने बताएका छन् ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११औँ सम्मेलनलाई आज दिउँसो कीर्तिपुरमा संबोधन गर्दै उनले सरकारलाई ध्यानाकर्षण गराउनु स्वभाभिक भए पनि लाखौँ शिक्षक आएर सडक तताउनुपर्ने अवस्था नभएको बताएका हुन् ।
उनले संभव मागहरु पूरा गर्न सरकार तयार रहेको भन्दै वार्तामा आएर सहमति गरी कार्यस्थलमा फर्किन आग्रह गरे ।
ऐन नलिएर नजाने शिक्षकको अडानप्रति प्रधानमन्त्री ओलीले ऐन बोक्न यत्रो मान्छे नचाहिने भन्दै कटाक्ष गरे । ५२ प्रतिशत फेल गराएको आफ्नो अभिव्यक्तीमा चित्त दुखाएको भन्दै प्रधानमन्त्री आलीले उत्तरपुस्तिका नजाच्ने निर्णय पनि उचित नभएको भन्दै आक्रोस पोखेका छन् ।
स्वदेशको त मिलाउँला तर विदेश जानेलाई त रोक्न सकिन्न नि भन्दै प्रधानमन्त्री ओलीले नीजि स्कूलमा बिद्यार्थी ओरिनबाट रोक्न आग्रह गरे । राजावादीको आन्दोलन चर्किएका बेला शिक्षकले आन्दोलन गर्दा व्यवस्थाविरोधीलाई बल पुग्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
शिक्षकहरूको २० दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षणलगायतका काम प्रभावित भएका छन् ।