काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । आजको बैठकमा शिक्षकहरुको मागका विषयमा छलफल हुने बताइएको छ ।
शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएको केही समयपछि बैठक सुरु भएको हो ।
शिक्षकहरुले २०औँ दिनदेखि शिक्षा ऐन जारी गर्नुपर्ने तथा अघिल्ला सरकारसँगको सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका छन् ।
शिक्षकका मागमा सहमति गराउन नसकेका शिक्षामन्त्रीले राजीनामा दिएकाले सरकारमाथि दवाव परेको छ ।