काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्षगााँठ मनाउदै छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्न लागिएको एमालेले जनाएको हो ।
कार्यक्रममा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने एमालेले जनाएको छ ।
एममालेले लालबहादुर विश्वकर्मा कञ्चनपुर, रत्न शर्मा न्यौपाने मरणोपरान्त, बाचस्पति देवकोटा गोरखा, शान्ता मानवी काठमाडौं सत्यनारायण मण्डल सप्तरी, शोभाराम बस्नेत दाङ र झापाका हरिचरण शिवाकोटीलाई सम्मान गर्न लागेको हो ।
त्यस्तै, कार्यक्रममा तत्कालीन नेकपा माले र कोर्डिनेसन केन्द्र निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको ‘सेल्टर’ पुस्तक पनि सार्वजनिक हुने बताइएको छ ।