कक्षा १२ को परीक्षा नरोक्ने निर्णय

कक्षा १२ को परीक्षा नरोक्ने निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय गरेको छ । आज बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

बोर्डले सबै जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

शिक्षकहरुको आन्दोलनले परिक्षा सर्ने आशंका रहेपनि बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा निर्धारित मितिमै हुने जानकारी दिए । परीक्षा यही वैशाख ११ गते बिहीबारदेखि सञ्चालन हुँदैछ ।

शिक्षकहरूको २१ दिनदेखिको आन्दोलन र शिक्षामन्त्रीको राजीनामाले विद्यार्थीको पठनपाठन तथा नयाँ भर्ना अभियान लगायतका काम प्रभावित भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस