मञ्जु थापा र सागर आलेको स्वरमा रहेको गीत ‘सोल्टिनी तिम्रै माया’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०८२ बैशाख ९, मंगलबार (७ घण्टा अघि)
  • १८ पटक पढिएको
मञ्जु थापा र सागर आलेको स्वरमा रहेको गीत ‘सोल्टिनी तिम्रै माया’ सार्वजनिक

बैशाख ९,काठमाडौँ । मञ्जु थापा र सागर आलेको स्वरमा रहेको गीत ‘सोल्टिनी तिम्रै माया’ सार्वजनिक भएको छ । गोविन्द अनेको शब्द रचना र राकेश शोनीको सङ्गीतरएरेञ्ज रहेको यो कौडा गीतको भिडियो सार्वजनिक भएको हो ।

राकेशकै निर्देशन रहेको गीतको भिडियोमा राकेश, मौसमी राना मगर र बिबेक खड्का लगायतलाई फिचरिङ गरिएको छ । देवराज आचार्यको छायांकन रहेको भिडियोमा वीरेन्द्र भाट ‘विपिन’को दृश्य सम्पादन छ । यो प्रेमिल कौडा गीतमा गीतमा आफूले माया गरेको सोल्टिनको धेरै माया लाग्ने भाव व्यक्त गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।

गीतको भिडियो गायिका मञ्जुको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । मञ्जुका यसअघि सार्वजनिक गीतलाई श्रोतारदर्शकले औधि मन पाराएका छन् । आफ्ना यसअघि गीत जस्तै यसले पनि श्रोतारदर्शकको माया पाउनेमा आफू आशावादी रहेको मञ्जु बताउनुहुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस