अमेरिकासँगको सम्झौताले आफ्नो स्वार्थमा धक्का पुगे बदला लिने चीनको चेतावनी

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८२ बैशाख ९, मंगलबार (९ घण्टा अघि)
  • ५६ पटक पढिएको
अमेरिकासँगको सम्झौताले आफ्नो स्वार्थमा धक्का पुगे बदला लिने चीनको चेतावनी

काठमाडौँ । चीनले आफ्नो स्वार्थमा धक्का पुग्ने गरी अमेरिकासँग सम्झौता गर्ने मुलुकहरूविरुद्ध बदला लिने चेतावनी दिएको छ ।

चीनसँगको व्यापार सीमित पारेमा आफूले ती मुलुकलाई ट्यारिफमा केही छूट दिने योजना अमेरिकाले बनाइरहेकाबेला चीनको उक्त चेतावानी आएको हो । यसले विश्वका दुई सबभन्दा ठूला अर्थतन्त्रबीच चर्किएको व्यापार युद्धमा अन्य मुलुकहरू पनि तानिने खतरा बढाएको छ ।

ट्यारिफको विषयमा ट्रम्प प्रशासनले उसका व्यापारिक साझेदारहरूसँग वार्ता थालेको छ । वाशिङ्टन भ्रमणमा आएको जापानी प्रतिनिधिमण्डलसँग गत साता वार्ता भएको थियो भने दक्षिण कोरियासँगको वार्ता यसै साता सुरु हुँदै छ ।

जनवरीमा ह्वाइट हाउसमा फर्किएयता ट्रम्पले चीनविरुद्ध चर्को ट्यारिफ लगाइसकेका छन् भने अन्य देशविरुद्ध पनि आयात शुल्कहरू बढाइएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस