‘वैकल्पिक विकास वित्त कोष’ स्थापना विधेयक संसदमा दर्ता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख ९, मंगलबार (७ घण्टा अघि)
  • ६२ पटक पढिएको
‘वैकल्पिक विकास वित्त कोष’ स्थापना विधेयक संसदमा दर्ता

काठमाडौँ । पूर्वाधार क्षेत्रमा लगानी परिचालन गर्न एक खर्ब बराबरको अधिकृत पुँजी र २५ अर्बको चुक्तापुँजी रहने गरी वैकल्पिक विकास वित्त कोष स्थापना गर्न संसदमा विधेयक दर्ता भएको छ ।

मुलुकको समग्र आर्थिक समुन्नति र विकासका लागि आवश्यक स्रोत व्यवस्था गरी उच्च प्रतिफलयुक्त दिगो पूर्वाधारलगायतका क्षेत्रको विकास गर्न अर्थ मन्त्रालयले ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ गत शुक्रबार संसद्मा दर्ता भएको संसद सचिवालयले जनाएको हो ।

पूर्वाधार परियोजनाको पहिचान, प्राथमिकीकरण र लगानीका लागि आवश्यक आन्तरिक तथा बाह्य स्रोत खोज्न कानुनी व्यवस्थाका लागि यो विधेयक ल्याइएको जनाइएको छ । स्वदेशी तथा वैदेशिक लगानीलगायतका वित्तीय उपकरणहरूको यथोचित प्रयोग, संस्थागत संरचना, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी बिषयहरूलाई समेट्ने गरी वैकल्पिक विकास वित्तसम्बन्धी कानुन आवश्यक रहेको विधेयकमा उल्लेख छ ।

नेपालमा लगानीको आवश्यकता र सम्भावना सम्बन्धमा भएका विभिन्न अध्ययनले आगामी दशकमा रु एक सय खर्बभन्दा बढी लगानी आवश्यक पर्ने देखिएको छ । तर नेपालको पूर्वाधार क्षेत्रमा हाल वार्षिक रु दुई खर्बदेखि तीन खर्ब मात्र लगानी भइरहेको अवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस