काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षा स्थगित गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले अर्को सूचना जारी नभएसम्मका लागि कक्षा १२ को परीक्षा स्थगित गरिएको जानकारी दिए । बोर्डले नयाँ तालिका भोली सार्वजनिक गर्ने बताएको छ ।
बोर्डका अध्यक्ष शर्मा र शिक्षा सचिव दीपक काफ्लेले आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । भेटमा ओलीले स्थिति जटिल बनेको भन्दै परीक्षा सार्न निर्देशन दिएका थिए ।
यसअघि परीक्षा बोर्डले सबै संयन्त्र प्रयोग गरेर भएपनि निर्धारित समयमै परीक्षा गर्ने निर्णय गरेको थियो । परिक्षा ११ बैशाखदेखि थियो ।
शिक्षकहरुले शिक्षा ऐन जारी तथा शिक्षकसँग सरकारले गरेका सहमति कार्यान्वयन लगायत विभिन्न माग राख्दै काठकाडौँ केन्द्रित आन्दोलन गर्दा विद्यार्थीको परिक्षा, भर्ना प्रकृया तथा पठनपाठन प्रभावित भएको छ ।