बाँकेका भूमिहीनले जग्गाधनी पुर्जा पाउने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १०, बुधबार (१० घण्टा अघि)
  • ५५ पटक पढिएको
बाँकेका भूमिहीनले जग्गाधनी पुर्जा पाउने

बाँके । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित र सुकमवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी गरेको छ ।

मंगलबार नेपालगञ्जमा बसेको सर्वदलीय बैठकबाट यही वैशाख २० गते भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई तयार पारिएका जग्गाधनी प्रमाण पूर्जा कोहलपुर नगरपालिका वडा नम्बर १ बाट वितरण गर्ने तयारी गरेको आयोगका जिल्ला अध्यक्ष घननाथ खनालले जानकारी दिए ।

‘सर्वदलीय वैठकबाट प्रधानमन्त्री वा विभागीय मन्त्रीको उपस्थितिमा कोहलपुर १ बाट जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने निर्णय भएको छ’, अध्यक्ष खनालले भने, ‘यससम्बन्धी सम्पूर्ण तयारी भइसकेको छ भने भूमि समस्या समाधान आयोगदेखि सरोकारवाला सबै निकायमा जानकारी गराएका छौँ ।’

विगतका आयोगबाट भएको अधुरा र अपूरा कार्यको अभिलेख सम्बन्धमा नापी कार्यालय कोहलपुर, नापी कार्यालय बाँके, मालपोत कार्यालय कोहलपुर र मालपोत कार्यालय नेपालगञ्जलाई पत्रचार गरेर क्रमशः सबैतिर जग्गाधनी प्रमाण पुर्जा वितरणको तयारी भइरहेको अध्यक्ष खनालको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस