स्थानीयको अवरोधले साँगा–धुलिखेल सडकखण्डको काम ठप्प

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १०, बुधबार (९ घण्टा अघि)
  • ५९ पटक पढिएको
स्थानीयको अवरोधले साँगा–धुलिखेल सडकखण्डको काम ठप्प

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको स्तरोन्नति कार्य रोकिएको छ । स्थानीयको अवरोधका कारण बनेपा पुलबजार क्षेत्रमा काम रोकिएको हो ।

सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका अनुसार डेढ महिनादेखि उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा विस्तार रोकिएको छ । निर्माणाधीन सडकखण्डको पुलबजार क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि डेढ महिनादेखि विस्तार रोकिएको हो ।

सेन्टर लाइनबाट दायाँबायाँ ७५/७५ फिट (१५० फिट)मध्ये पनि १४० फिटमा काम भइरहेकोमा स्थानीयले दुवैतर्फका घरमा बराबर छुट्याउनुपर्ने माग गर्दै निर्माण अवरुद्ध पारेको जनाइएको छ । पुलबजार क्षेत्रको अवरोध तत्काल हटाएर विस्तार कार्यलाई अघि नबढाइए वर्षाअघि कामले निरन्तरता नपाउने सम्भावना बढेर गएको छ ।

अन्य स्थानमा भने काम भईरहेको छ । धुलिखेल क्षेत्रमा कामले गति लिइरहेकाले हाल एक किमी क्षेत्रमा वाल, ड्रेन, पेवमेन्टको काम सकेर केही दिनमै सडक कालोपत्रको तयारी भइरहेको छ ।

पुलबजार क्षेत्रमा भने स्थानीयको अवरोधसँगै मापदण्डभित्रका घरटहरा हटाउनुपर्ने,बिजुलीको पोल विस्तार,अप्टिकल फाइबर, हाइटेन्सनका पोल हटाउनुपर्ने काम रोकिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस