नेपाल भित्रिएका शरणार्थीलाई बेलडागी शिविरमा पठाउन सर्वोच्चको आदेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ११, बिहिबार (१ दिन अघि)
  • ८९ पटक पढिएको
नेपाल भित्रिएका शरणार्थीलाई बेलडागी शिविरमा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले अध्यागमन कार्यालय झापाको नियण्त्रणमा रहेका ४ जना भुटानी शरणार्थीलाई २४ घण्टाभित्र स्थान तोकी रिहा गर्न आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले अमेरिका जानुअघिकै स्थानमा पठाउन आदेश दिएको हो ।

नेपालको शरणार्थी शिविरबाट अमेरिका पुनर्वास भइसकेका भुटानी भएकोमा कुनै विवाद नदेखिएकाले २४ घण्टा भित्र स्थान तोकी अध्यागमनको हिरासतबाट मुक्त गर्न सर्वोच्चले भनेको छ । अमेरिका जानु अगाडी झापा जिल्लाको वेलडाँगी शरणार्थी शिविरलाई स्थानहद तोकी उनीहरुलाई सोही स्थानमा स्थानान्तरण गर्न आदेश दिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

अमेरिकाले भुटानलाई जिम्मा लगाए पनि भुटानले देश निकाला गरेका अशोक गुरुङ समेतको हकमा नारायण कुमार सुवेदीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै आदालले उनीहरुलाई राखिएको इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट बेलडाँगी शरणार्थी शिविरमा स्थानान्तरण गर्न आदेश दिएको हो ।

सर्वोच्चले आबश्यक कानुन अनुसार अध्ययन गरेर ६० दिन भित्र प्रतिवेदन बुझाउन अध्यागमनको नाममा समेत आदेश दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस