थानाभर्‍याङमा कृषि थोक बजार चलाउने तयारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख ११, बिहिबार (१ दिन अघि)
  • ६४ पटक पढिएको
थानाभर्‍याङमा कृषि थोक बजार चलाउने तयारी

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्‍याङमा निर्माण भएको सुविधा सम्पन्न प्रदेशस्तरीय कृषि थोक बजार सञ्चालनका लागि कार्यविधि तयार भएको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयले भवन कसरी सञ्चालन गर्ने भन्नेबारे कार्यविधि निर्माण गरेको हो ।

निर्देशनालयले कार्यविधि निर्माण गरेर हेटौंडा उपमहानगरलाई पठाएको थियो । उक्त कार्यविधिको विषयमा उपमेयर राजेश बानियाँको संयोजकत्वमा बनेको कानुन मस्यौदा समितिले छलफल गरेर कार्यविधिअनुसार सञ्चालन गर्न सहमति जनाएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।

प्रवक्ता सविन न्यौपानेले प्रदेश सरकारले कृषि थोक बजार उपमहानगरपालिकालाई हस्तारण गर्न ढिला हुँदा किशानले पाउने सुविधामा समेत समस्या भएको बताए । निर्देशानलयका सुचना अधिकारी प्रमोद प्रसाद दाहालले उपमहानगरपालिकाबाट कार्यविधि अनुसार सञ्चालन गर्न सकिने भनेर पत्र आएकोले अब हस्तान्तरण गर्ने तयारीमा रहेको बताए ।

थोक बजारको भवनको निर्माण अनकरमाउन्टेन जेभी काठमाडौंले ३० करोड ८७ लाख ६२ हजार रुपैयाँमा ९ जेठ २०७८ काम सुरु गरेको थियो । थोकबजारमा होलसेल मार्केट, रिटेलस मार्केट, किसानको टहरा बनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस