बजेट अधिवेशन आजदेखि सुरु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १२, शुक्रबार (१३ घण्टा अघि)
  • ५५ पटक पढिएको
बजेट अधिवेशन आजदेखि सुरु

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । संसद्‍‍को दुवै सदनको अधिवेशन दिउँसो १ बजे बस्ने छ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कायैक्रम तय भएको छ ।

बजेट अधिवेशनको पहिलो दिन नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमालेको तर्फबाट गोकर्ण विष्टले संसद्‌मा पार्टीको तर्फबाट धारणा राख्नने कार्यसूची छ ।

प्रधानमन्त्री ओलीले बजेट अधिवेशनको सुरुमै बोल्ने कार्यसूची तय भए पनि विपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगेका छन् । माओवादीको तर्फबाट कसले बोल्ने भन्ने टुङ्गो लागेको छैन । रास्वपाले संसद बैठकमा डीपी आर्यालले बोल्ने तय गरिसकेको छ ।

यो बजेट अधिवेशनको पहिलो बैठकमा शून्य र विशेष समयको कार्यसूची राखिएको छैन ।

सरकारले बजेट अधिवेशनमा शिक्षा विधेयक पनि पेश गर्ने प्रतिबद्धता जनाएको छ । शिक्षक आन्दोलनको माग सम्बोधनका लागि सरकारले यो पटक यसअघिको अभ्यासभन्दा साताअघि नै अधिवेशन बोलाउन सिफारिस गरेको थियो ।

विद्यालय शिक्षा विधेयक पारितलगायतका माग राखेर शिक्षक तीन सातादेखि आन्दोलनमा छन् । यस्तै सङ्घीय निजामती विधेयक चाँडो पारित गर्नुपर्ने दबाब पनि सरकारमाथि छ ।

ताजा अपडेट

खोजी गर्नुहोस