काठमाडौं । नेपाल चिकित्सक सङ्घले आजदेखि आकस्मिकबाहेकका स्वास्थ्य सेवा रोक्ने भएको छ । सङ्घले विज्ञप्ति निकालेर सबै निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा अत्यावश्यक सेवाबाहेक अरु सेवाहरू रोक्ने घोषणा गरेको हो ।
सङ्घले आवासीय चिकित्सकहरूले अहिलेसम्म पनि सरकारले तोकेको निर्वाह भत्ता नपाएको र ठाउँ–ठाउँबाट धम्की आएकोले आन्दोलन गर्नुपरेको सङ्घको भनाइ छ ।
निजी कलेज सञ्चालकहरुले निर्वाह भत्ता नदिएको, आफूहरुको श्रम शोषण भएको भन्दै पोस्ट ग्रेजुएट (पीजी) तहका आवासीय चिकित्सहरूले २२ दिनदेखि प्रदर्शन गरिरहेका छन् । चिकित्सा शिक्षा आयोगले तय गरेको आठौँ तहको भत्ता दिनुपर्ने उनीहरुको माग छ ।