काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट ल आज आउँदैछन् । अस्ट्रेलियन स्टुअर्ट ल राति आठ बजे काठमाडौं आइपुग्ने नेपाल क्रिकेट संघ क्यानलेजनाएको छ ।
क्यानले स्टुअर्ट ललाई गत चैत १४ गते नेपाल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको घोषणा गरेको थियो । क्यानले भारतीय प्रशिक्षक मोन्टी देसाइको कार्यकाल सकिएपछि स्टुअर्ट ल ल्याएको हो ।
उनी र क्यानबीच दुई वर्षका लागि सम्झौता भएको छ । ५६ वर्षीय स्टुअर्ट लले यसअघि बंगलादेश, वेस्ट इन्डिज , श्रीलंका र अफगानिस्तानको मुख्य प्रशिक्षकका रूपमा काम गरेका थिए । उनीसँग एसोसिएट राष्ट्र अमेरिकाको प्रशिक्षक सम्हालेको पनि अनुभव छ ।
उनको आगमनसँगै क्यानले टिम छनोटका लागि कोर क्याम्प बनाएको छ । कोर क्याम्पमा ५२ खेलाडीलाई चार टिममा विभाजन गरेर भोलिदेखि २० गतेसम्म मुलपानीको माथिल्लो र तल्लो मैदानमा खेल खेलाइनेछ ।