साहित्यकार पौड्यालको कविता सँग्रह ‘शून्य प्रहरको साक्षी’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ चैत्र १७, आईतबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत १७, काठमाडौँ । कवि तथा समालोचक महेश पौड्यालको पहिलो कविता सँग्रह शून्य प्रहरको साक्षीको सार्वजनिक गरिएको छ । आइतबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा कवि पौड्यालको सो कविता सँग्रह सार्वजनिक भएको हो ।

कवि श्यामल, डा. नवराज लम्साल, मोमिला र लेखक एलबी क्षेत्री तथा कृतिकार पौड्यालले संयुक्त रुपमा पुस्तक विमोचन गरे ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहेका कवि श्यामलले पौड्यालको कवितालाई चीनीयाँ प्राचीन कवितासँग तुलना गरेका थिए ।

कृतिबारे बोल्दै डा. नवराज लम्सालले पौड्याल सबैका माझ लोकप्रिय हुन सक्ने कविको रुपमा चित्रित गरे । उनले पौड्यालको कवितामा नारा नभईकन समवेदना बढि रहेको धारणा राखे । आगामी कृति तथा आगामी समयमा पौड्यालले आख्यानमा रमाएका पौड्याल अब कवितामा मात्रै रमाउने हो की आख्यानमा पनि फर्कने भनेर प्रश्न गरे ।

कवि मोमिलाले पौड्यालको कवितालाई वेदको ऋचासँग तुलना गरिन् । महेश पौड्यालको कविता निकै उत्कृष्ट भएको उनले तर्क गरिन् । कविता अनावश्यक लम्ब्याउन नहुने भन्दै उनले कवि पौड्यालका कतिपय कविताहरु अनावश्यक लम्बेको समेत टिप्पणी गरेकी थिईन् । उनले भनिन्, ‘कवि पौड्यालका छोटा कविता साँच्चै उत्कृष्ट छन्, कतिपय कविताहरुलाई अझै छोट्याएमा सुगन्ध फैलन्छ ।’

त्यस्तै, लेखक तथा समिक्षक एलबी क्षेत्रीले पौड्यालको कविता बीउ कविता भएको तर्क गरे । उनले भने, यी कविता दाना कविता हुन्, विउ कविता हुन् । एकदिन खाल्डो खनिनेछ र तइ खाल्डोमा यी कविताहरुलाई राखिनेछ । ‘उनले थपे, उक्त माटो मलजल गरिनेछ र जब महेश मेरो उमेरमा पुग्छ, उसले ठुलाठुला कविता र ग्रन्थहरु लेख्नेछ ।’

कार्यक्रममा उठेका प्रश्नहरुको जवाफमा कृतिकार पौड्यालले आफ्नो काव्यिक यात्रा निरन्तर चलिरहने बताए । उनले भने, मेरा कविता सँग्रह यतिमै सिमित हुने छैन, पाठकहरुको र साहित्यप्रेमीको मायालाई समेट्न अरु कृति पनि आउनेछ । उनले अबको ३/४ वर्षभित्रमा अर्को कविता सँग्रह निस्कने समेत खुलाए ।

कार्यक्रममा गायक सुरेश लामाले विभिन्न गीतहरु सुनाएका थिए भने कवि सुदर्शन पौड्यालले लेखकका २ कविता वाचन गरेका थिए । कार्यक्रम कवि तथा समालोचक महेश कार्की क्षितिजले सञ्चालन गरेका थिए ।

यस अघि साहित्यकार पौड्यालको त्यसपछि फूलेन गोदावरी (कथा), तादी किनारको गीत (उपन्यास), आमा नहुँदा एक साँझ (नाटक) तथा सपनाको पुल (बालकथा) प्रकाशित भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस