शिक्षकले आज सरकारसँग निर्णायक वार्ता गर्ने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १३, शनिबार (१० घण्टा अघि)
  • ६८ पटक पढिएको
शिक्षकले आज सरकारसँग निर्णायक वार्ता गर्ने

काठमाडौं । आन्दोलनरत शिक्षकसँग आज ९शनिबार० सरकारले वार्ता हुँदैछ। शिक्षकहरुलाई वार्ताका लागि ७ः३० बजे बोलाइएको शिक्षा मन्त्रालयले जनाएको छ ।

शुक्रबार साँझ मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरुलाई शनिबार बिहान वार्ताका लागि बोलाइएको जानकारी दिएका छन् । शिक्षा मन्त्रालयले हिजै शिक्षकहरुसँग वार्ता तय गरेको भए पनि मन्त्रालयले २५ जनाको तोकेर बोलाएकामा आपत्ति जनाउदै शिक्षकहरु सिंहदरबार गेटबाटै फर्किएका थिए ।

यता शिक्षकहरुले आन्दोलन भने जारी राख्ने भएका छन् । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन जारी रहने भन्दै नियमितझैँ बिहान ११ बजे माइतीघरमा भेला हुन शिक्षकहरूलाई आग्रह गरेका छन् । बिहान सामाजिक सञ्जालमा लेखेर उनले निर्णायक र अन्तिम लडाइँ रहेको बताए हुन् ।

नयाँ शिक्षा ऐन ल्याउनु पर्ने मागसहित विगत २५ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् । शिक्षक आन्दोलनको कारण विद्यार्थी भर्ना अभियानसहित विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस