आईपीएलमा चेन्नईको सातौं हार

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख १३, शनिबार (१० घण्टा अघि)
  • ६७ पटक पढिएको
आईपीएलमा चेन्नईको सातौं हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नईले सातौ हार बेहोरेको छ । शुक्रबार सम्पन्न खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई पाँच विकेटले हराएको हो ।

जीतका लागि एक सय ५५ रनको लक्ष्य पछ्याएको हैदराबादले १८.४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । हैदराबादका इशान किसनले सर्वाधिक ४४ रन बनाए । चेन्नईका नुर अहमदले दुई, खलिल अहमत, अन्सुल कम बोज र रविन्द्र जडेजाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले १९ ओभर ५ बलमा अलआउट हुँदै एक सय ५४ रन बनाएको थियो । चेन्नईका डिवाल्ड ब्रेभिसले सर्वाधिक ४२ रन जोडे । हैदराबादका हर्षल पटेलले चार तथा प्याट कमिन्स र जयदेव उनादकटले दुईरदुई विकेट लिए ।

जितसँगै हैदराबादको ६ अङ्कसहित तालिकाको आठौं स्थानमा उक्लिएको छ । नौ खेलमा सातौं हार बेहोरर्दै चेन्नई चार अङ्कसहित पुछारमा छ । यो हारसँगै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई प्लेअफमा नपुग्ने भएको छ ।

आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र पन्जाब किङ्ग्स खेल्दैछन् । यो खेल इडेन गार्डेनमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस