काठमाडौं । एपिएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई १–० ले हराउदै एपिएफले उपाधि जितेको हो ।
इन्जुरी समयमा गीता रानाको हेडर गोल नै एपिएफलाई बिजयी बनाउन सफल भयो । एपिएफको यो लगातार तेस्रो मोफसल प्रतियोगिताको उपाधि हो । यसअघि इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो ।
आठ टोली सहभागी प्रतियोगिताको विजेता एपिएफले पाँच लाख पाँच हजार ५५५ रुपैयाँ प्राप्त गर्यो । उपविजेता पुलिसले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
फाइनल खेलको प्लेयर अफ द फाइनल एपिएफकी गीता राना घोषित भइन् । उनले पाँच हजार रुपैयाँ प्राप्त गरिन् ।