महिला विश्वकप छनोटका लागि १४ सदस्यीय टोली घोषणा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख १३, शनिबार (११ घण्टा अघि)
  • ४१ पटक पढिएको
महिला विश्वकप छनोटका लागि १४ सदस्यीय टोली घोषणा

काठमाडौं । थाइल्यान्डमा हुने आइसिसी महिला विश्वकप एसिया छनोटका लागि १४ सदस्यीय टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार घोषणा गरेको टोलीमा कप्तानको भुमिकामा इन्दु बर्मा तथा पूजा महतो उपकप्तानको रूपमा चुनिएका हुन् ।

टोलीमा इन्दु र पूजासँगै रुविना क्षेत्री, रोमा थापा, बिन्दू रावल, कविता जैशी, सम्झना खड्का, राजमती ऐरी, रुवि पोद्दार, कविता कुँवर, सबनम राई, ईश्वरी विष्ट, मनीषा उपाध्यय र रिया शर्मा समावेश छन् । प्रतियोगिता ९ मेदेखि २० मेसम्म थाइल्यान्डमा आयोजना हुनेछ ।

प्रतियोगितामा नेपालसहित घरेलु टोली थाइल्यान्ड, बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र युएई प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह सी मा रहेको छ, जसमा हङकङ र बहराइन छन् । नेपालले पहिलो खेल ९ मेमा हङकङसँग खेल्नेछ । हरेक समूहको विजेता फाइनल राउन्डमा प्रवेश गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस