साँफे हाटबजारमा आगलागीले १० पसल जलेर नष्ट

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १३, शनिबार (११ घण्टा अघि)
  • १३ पटक पढिएको
साँफे हाटबजारमा आगलागीले १० पसल जलेर नष्ट

काठमाडौं । अछामको साँफे हाटबजारमा भीषण आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका छन् । शनिबार विहान पौने ४ बजे साँफेबगर नगरपालिका वडा नम्बर ३ स्थित हाटबजारमा आगलागी भएको हो ।

शुभेच्छा मःम सेन्टरमा विद्युत सट् भएर आगो सल्किएको थियो । तीब्र गतिमा फैलिएको आगोले वरपर टिनका टहरामा संचालित १० वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख डिएसपी इश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा विहान ६ बजे आगे नियन्त्रणमा लिइएको उनले बताइन् । डिएसपी भण्डारीका आगलागीमा मानवीय र पशुचौपाया क्षति भएको छैन । क्षतिको विवरण संकलन गर्ने काम सुरु भएको प्रहरी प्रमुख डिएसपी भण्डारीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस