बालुवाटारमा ओली-देउवा भेट, सरकार नढल्नेमा ढुक्क

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १४, आईतबार (२० घण्टा अघि)
  • ६५ पटक पढिएको
बालुवाटारमा ओली-देउवा भेट, सरकार नढल्नेमा ढुक्क

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको उनले बताए ।

भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।

ताजा अपडेट

१२ घण्टा अघि

कविता: बाल संज्ञान 

खोजी गर्नुहोस