साफ यु-१९ च्याम्पियनसिप खेल्ने टोलीको घोषणा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख १५, सोमबार (१० घण्टा अघि)
  • ५४ पटक पढिएको
साफ यु-१९ च्याम्पियनसिप खेल्ने टोलीको घोषणा

काठमाडौं । साफ यु-१९ च्याम्पियनसिपका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार २३ सदस्यीय  नेपालको टोली घोषणा  गरेका छन् ।

प्रतियोगिता यही वैशाख २६ गतेदेखि जेठ ४ गतेसम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रशंगशालामा हुनेछ । च्याम्पियनसिपमा माल्दिभ्स, भुटान र बंगलादेश समूह ए मा छन् भने नेपाल, आयोजक भारत र श्रीलंका समूह बीमा छन् ।

नेपाली टोली
गोलकिपरः भक्तबहादुर परियार, विशेष बानियाँ, उपेन्द्र लवान
रक्षकः रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, सिद्धान्त खड्का
मिडफिल्डरः कृष्णबहादुर आले, कृष थापामगर, सरोज दर्लामी, लच्छु थापा, सविनकुमार लुंगेलीमगर, रञ्जित लामा, पवन पाख्रिन, विज्ञान खड्का
फरवार्डः सुवास बम, धर्मेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ, विजय उर्वा

ताजा अपडेट

खोजी गर्नुहोस